सोडारीलाई विश्वासको मत नदिन नाउपाको उर्दी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ । नागरि क उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ४ र रञ्जिता समूहमा ३ सांसद छन् । मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

यो पनि : विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी, यस्तो छ अंकगणित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *