प्रिमियर शोपछि कलाकारहरू भन्छन् – ‘मनसरा’ उत्कृष्ट अर्ग्यानिक चलचित्र

काठमाडौँ । चलचित्र मनसराको प्रिमियर शो भएको छ ।

बुधवार ललितपुरस्थित एक सिनेमा हलमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर भएको हो । प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कलाकारहरूले गाउँ र शहरसँग जोडिएको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । उनीहरुले सिनेमामा समाजका भुँइमान्छेहरुको कथा उतारिएको बताए ।

प्रिमियर हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेता खगेन्द्र लामिछानेले चलचित्र नेपाली अर्ग्यानिक कथावस्तुमा बनेको भन्दै उत्कृष्ट रहेको बताए । उनले समाजका भुँइमान्छेहरुको कथा चलचित्रमा देखाइएको बताए ।

अभिनेता निश्चल बस्नेतले चलचित्रले समाजका सानासाना कुरालाई एकै ठाउँमा ल्याएर देखाइएको बताए । अभिनेत्री मिरुना मगरले चलचित्रमा आफूले दिने भन्दा बढी लिनेकुरा रहेको बताइन् । समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणलाई चलचित्रमा देखाइएको बताइन् ।

चलचित्र सबैले मन पराइरहेको प्रतिक्रिया पाइरहेको बताइन् । अभिनेता रवीन्द्र सिंह बानियाँले सिनेमामा जीवन दर्शन पाएको अनुभूति भएको बताए ।

जीवनलाई सहज र सरल तरिकाले उतारिएको बताए । निर्देशक प्रदीप भट्टराईले सिनेमा क्षेत्र एउटा बगैँचा जस्तो भएको भन्दै फरक फरक सिनेमा आउनुपर्ने बताए । उनले चलचित्र मनसरा फूलहरूको सिंगो बगैँचा रहेको बताए । चलचित्रमा निःसन्तानको विकराल समस्यालाई देखाइएको बताए । फिल्ममा समाजमा पाच्य नहुने कुरालाई सहज तरिकाले देखाइएको बताए ।

सामाजिक कथावस्तुमा आधारित चलचित्रमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई सरल रूपमा देखाइएको छ । कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भए पनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रस्तुत गरेको छ । उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ ।

सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । चलचित्र शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *