जित्नै पर्ने खेलमा नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि–२० सिरिजको चौथो खेलमा नेपालले २१० रनको बिशाल लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन जोड्यो ।

वेस्ट इन्डिजका आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे । फ्लेचरले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । ५४ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

३० बल खेलेका चार्ल्सले ३ चौका र ६ छक्कासहित ५८ रन बनाए । यस्तै, फेबियन एलेन ३३ रनमा अविजित रहे ।

नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिए । अन्य बलरले भने आजको खेलमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

सिरिजको तीन खेलको समाप्तीमा वेस्ट इन्डिज ‘ए’ ले २–१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि लगातार दुई खेलमा पराजित भयो । दोस्रो खेल १० रनले गुमाएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *