कुशल भुर्तेलले लिए वेस्ट इन्डिजको दोस्रो विकेट
काठमाडौं । वेस्ट इन्डिजविरुद्धको चौथो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि कुशल भुर्तेलले दोस्रो विकेट लिए । भुर्तेलले आक्रामक खेलीरहेका जोनसन चाल्र्सलाई क्याचआउट गराएका हुन् । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए ।
यसअघि पहिलो विकेट प्रतिस जिसीले लिएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमै वेस्ट इन्डिजका ओपनर एलिक एथेन्जलाई सन्दीप जोराको हातबाट क्याटआउट गराए ।
चौथो खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । सिरिजको तीन खेलको समाप्तीमा वेस्ट इन्डिज ‘ए’ ले २–१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।
सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि लगातार दुई खेलमा पराजित भयो । दोस्रो खेल १० रनले गुमाएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो ।