वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता, प्रतिशले लिए विकेट

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको चौथो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि प्रतिश जिसीले पहिलो विकेट लिए ।

उनले दोस्रो ओभरको पहिलो बलमै वेस्ट इन्डिजका ओपनर एलिक एथेन्जलाई सन्दीप जोराको हातबाट क्याटआउट गराए ।

चौथो खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।

सिरिजको तीन खेलको समाप्तीमा वेस्ट इन्डिज ‘ए’ ले २–१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

टियू मैदान कीर्तिपुरमा १२ः१५ मा सुरू हुने खेलमा वेस्ट इन्डिज भने एक खेल अगावै सिरिज कब्जाको लक्ष्यमा रहेको छ । सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि लगातार दुई खेलमा पराजित भयो । दोस्रो खेल १० रनले गुमाएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *