उपनिर्वाचनको समीक्षा गर्न रास्वपाले बोलायो केन्द्रीय र सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति, सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

२९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

रास्वपाले शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक पनि बोलाइएको छ ।

बैशाख १५ मा भएको उपनिर्वाचनमा इलाम–२ मा रास्वपाको जमानत जफत भएपछि रास्वपामा निराशा छाएको छ । इलाममा रास्वपा चौथो भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *