गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ गर्न पुगे विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ गर्मी छल्नका लागि त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न पुगेका छन् ।

विप्लव र उनको टिमले बेनिघाटदेखि खटौटीसम्म करिब तीन घण्टा र्‍याफ्टिङमा बिताएको त्रिशूली रिभर साइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए । र्‍याफ्टिङका क्रममा उनले प्याडल गेमका साथ क्लिफ जम्प समेत गरेका थिए ।

विप्लवले निकै रुचिपूर्वक र्‍याफ्टिङ गरेको कँडेल बताउँछन् । उनका अनुसार विप्लवले र्‍याफ्टिङ गर्दा विभिन्न गीत गाएर रमाउँदै मजा लिएका थिए ।

“विप्लवको नेतृत्वमा स्थानीय नेताहरू पनि यहाँ आउनुभएको थियो, गर्मी छल्नकै लागि योजना बनाएर र्‍याफ्टिङ गर्न आउनुभएको रहेछ”,कँडेलले भने,“र्‍याफ्टिङपछि निकै रमाइलो मानेर फर्कनुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *