शंखमुलमा आगलागी हुँदा गाडीको वर्कसपसहित ५ पसलमा क्षति

काठमाडौँ । काठमाडौँको शंखमूलमा आगलागी हुँदा गाडीको वर्कसपसहित ५ पसलमा क्षति छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

प्रहरीका अनुसार आगलागी भएको ग्यारेज सँगैको अर्को ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *