रुपन्देहीमा कार क्रेनमा ठोक्किँदा एक जनाको मृत्यु

रूपन्देहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका(१५ पत्थरडाँडास्थित सडकमा रोकी राखेको ना१क ४३६४ नम्बरको क्रेनमा बा १५ च ६४०७ नम्बरको कार ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका ११ देविनगर बस्ने ६७ वर्षीय दुर्गा बहादुर गुरूङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *