अनमोल केसीको चलचित्र ‘फर्कि फर्की’ को टाइटल गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को टाइटल गीत सार्वजनिक भएको छ ।

शनिवार दिउँसो चलचित्र ‘फर्की फर्की’ को टाइटल गीत सार्वजनिक भएको हो ।

टाइटल गीत ‘फर्की फर्की’ लाई गायक रोमन बज्राचार्य र निकिता थापाले गाएका हुन् ।

गीतमा अभिनेता अनमोल केसी र जसिता गुरुङलाई मुख्य भूमिकामा देखिएका छन् ।

चलचित्र फर्की फर्की लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् ।

काफिया फिल्मस र कुबेर फिल्मले ‘फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडिओ : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *