बहालवाला कर्मचारीले ईपीएस परीक्षा दिन पाउँछन् ?

काठमाडौं । हालैमात्र तेह्रथुमबाट एक जना स्थायी शिक्षकले पेशाबाटै राजीनामा दिएर वैदेशिक रोजगारीका लागि कोरिया पुगे । उनीझैँ सयौँ शिक्षक, नेपाल प्रहरी, नेपाली सेना लगायतका तल्ला तहमा कार्यरत सरकारी कर्मचारीहरू सरकारी सेवाबाट राजीनामा गरेर कोरिया जाने धेरै छन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक मैयाँ कँडेलका अनुसार यसरी सरकारी जागिर छाडेर रोजगारीका लागि कोरिया जानेमा शिक्षक, प्रहरी निरीक्षक, नायब सुब्बा, शिक्षक सेवाको जागिर छाडेर जानेहरू छन् । हालसम्म रोजगारीका लागि १ लाख ५ हजारभन्दा बढी नेपाली कोरिया गइसकेका छन् । तीमध्ये १० प्रतिशत हाराहारी सरकारी जागिरबाट राजीनामा दिएर रोजगारीका लागि कोरिया छिरेका हुन् ।

मासिक रुपमा ३ देखि ५ लाखसम्म कमाई हुने हुँदा नेपाली श्रमिकहरूका लागि कोरिया आकर्षक रोजगारीको मुलुक बन्न पुगेको छ । यही वर्ष पनि दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ नेपाली श्रमिक लैजाँदैछ ।

धेरै बहालवाला कर्मचारीको जिज्ञासा छ, हामीले ईपीएस कोरिया परीक्षा दिन पाउँछौँ कि पाउँदैनौँ ? निर्देशक कँडेलसँग यस विषयमा जिज्ञासा राख्दा, निजामती ऐनले डिभी भर्न, पिआर लिन, अन्यन्त्र रोजगारी गर्न तथा व्यवसाय गर्न रोक लगाएको भए पनि ईपीएस कोरिया भाषा परीक्षा दिन बन्देज नलगाएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *