मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेको बताए । ‘मनमोहन अधिकारीलाई हामीले कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा पनि बुझ्नुपर्दछ । उहाँ अनेक उत्तारचढावहरु भए तर कहिले पनि खण्डित हुनु भएन । कहिले पनि विश्रृंखलित हुनु भएन । उहाँ कम्युनिष्ट आन्दोलनभित्रको निरन्तरताको पर्यायको रुमपा रहनुभएको छ,’ उनले भने, ‘उहाँ शासन सत्तामा रहँदा मात्रै होइन, अत्यन्त प्रतिकुल अवस्थामा समेत पनि रहनुभयो । त्यसकारले हामी मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको अर्को नामका रुपमा लिने गर्दछौँ ।’

अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको उनको भनाई छ । ‘कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमा उहाँ रहनुभएन । उहाँ यो स्वभावमा नरम देखिएपनि, विचारमा नरम देखिएपनि, देब्रे वा दाहिने विचार र प्रवृत्तिको बिरोधमा रहनु भयो । उहाँ कहिले पनि त्यो व्यवहारप्रति सहमति हुनुभएन । अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *