‘रविको राजीनामा र कांग्रेस एमालेको मिलन अहिलेको आवश्यक्ता’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको बताएका छन् ।

देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताए । उनले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।

२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने–‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो ।’

बाँकेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताए । उनले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिनुपर्ने बताए ।

यस्तै कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने पनि बताए ।

उनले भने–‘हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौं, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *