गोरखामा बुहारी करणी गर्ने ४१ वर्षीय ससुरा पक्राउ

काठमाडौं । धारिलो हतियार देखाई बुहारीमाथि करणी गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ । गोरखाको सिरानचोक गाउँपालिका-८ का ४१ वर्षीय नाम परिवर्तित अ बहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार २०८० साल भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै हाडनाता पर्ने ससुराले धारिलो हातहतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई बुहारी नाता पर्ने नाम परिवर्तित ध कुमारीलाई जबरजस्ती करणी गरेको आरोपमा पीडित बुहारीले वैशाख १० गते सोमबार दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी ससुरालाई प्रहरीले खोजतलास गरी सिरानचोक-८ बाट पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै करणी आरोपी ससुरालाई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बुधवार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *