एमालेले नाजायज ढंगले कुनैपनि अडान राख्दैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

सोमवार ललितपुरको गोदावरीस्थीत सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताए । उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए । उनले सरकार र वर्तमान सत्तारुढ दलहरूले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए ।

उनले भने ‘सरकारमा अहिले नयाँ समीकरण बनेको छ । यो समीकरण यिनै प्रश्नहरूमा र त्यसमा पनि विकास, निर्माण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, यी अभिभारा । देशमा विकासको अभियान चलाउने र जल्दाबल्दा जनताका समस्याहरू समाधान गर्ने, भूमिहीन सुकुम्वासीका समस्यादेखि लिएर, गरिबहरूका समस्याहरूदेखि लिएर अरु समस्या समाधान गर्ने देशको सबैभन्दा ठूलो चुनौती के हो यतिबेला भने र कलंकको विषय के हो भने २१ औं शताब्दीमा पनि प्रगतिशील, लोकतान्त्रिक सरकारहरू बनिसकेपछि यस्तो उर्वर भएको जीवन्त र जीवनमय देशमा भोकमरी, गरिबिको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुपर्छ । अहिले हामी सरकारमा हुनेहरूको अहिलेको प्रमुख कर्तव्य त्यो हो कि हामी गरिबिको अन्त्य गरौं ।’

ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गरे । उनले तत्काल वामपन्थीहरू एकता हुने अवस्था नरहेको पनि दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *