सरियामा कच्चा तेलको पाइपलाइनमा आगलागी

काठमाडौँ । सिरियाको होम्सको पूर्वी गाउँमा रहेको कच्चा तेलको पाइपलाइनमा आगलागी भएको छ ।

फरकलास क्षेत्रको पूर्वमा चौथो स्टेसनबाट सुरु भएको आगलागी होम्स तेल प्रशोधन केन्द्रतर्फ अघि बढेको थियो । स्थानीय अधिकारीहरूले तत्काल रोकथाम उपायहरू अपनाएका छन् ।

होम्स फायर ब्रिगेडका कमाण्डर मेजर इयाद मोहम्मदले चुहावटको तेललाई नियन्त्रण गर्नका लागि विभिन्न उपायह प्रयोग गरिएको र ठूलो मात्रामा कच्चा तेल बगेकोले लामो समयसम्म आगो निभाउने कार्य भइरहेको बताए ।

घटनास्थलमा आगो निभाउनका लागि दर्जनौँ दमकल र भारी मेसिनरी सहयोगका लागि पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *