सुरु भयो एमालेको हिरक जयन्ती (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको हिरक जयन्ती सुरु भएको छ । पार्टी स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।

हिरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका शिर्ष नेताहरु सहभागी भएका छन् ।

सोमवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित सो समारोहमा विशेष वक्ताको रुपमा प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

समारोहमा एमालेले ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति एवं पार्टीका तत्कालीन उपाध्यक्ष विद्या भण्डारी सम्मान गर्नेछ ।

समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा (माले) का महासचिव सिपी मैनालीलगातका विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, सांसदहरु सहभागी छन् ।

त्यसैगरी उद्योगी, व्यवसायी, कुटनीतिक, लेखक, पत्रकारलगायत एमालेका नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

समारोहमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर पार्टीले तयार परेको वृत्तचित्र सार्वजनिक गरेका छन् ।

एमालेले पार्टीको मिसन–२०८४ लाई सफल बनाउने गरी सो समारोहमार्फत पार्टीको भावी कार्ययोजना पनि सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *