कोशी प्रदेशसभाका सचिव पराजुलीले लिए पद तथा गोपनीयताको शपथ 

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभाको सचिवालय हलमा आज आयोजित समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले नेपालको संविधानको धारा १९५ को उपधारा १ बमोजिम सचिव पराजुलीलाई शपथ गराएका हुन् ।

प्रदेशसभा सचिवका रुपमा उनको पाँच वर्षे पदावधी २०८१ वैशाख ८ गते पूरा भएकामा उनलाई प्रदेश प्रमुख पराशुराम खापुङले सो पदमा पुनः नियुक्त गरेका थिए । पराजुली वि.सं २०७६ साल वैशाख ९ गते कोशी प्रदेशसभाको सचिव पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *