भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ जारी

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा परेको मुद्दामा आइतबार सुनुवाइ भइरहेको छ ।

सर्वोच्चका न्यायाधीश न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित सचिव टेकनारायण पाण्डेसहिका प्रतिवादीहरुको निवेदनमाथि सुनुवाइ भइरहेको हो ।

पाण्डेसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सभाषद् आङटावा शेर्पा, डा. इन्द्रजित राई, शमशेर मियाँ, केशव दुलाल र सानु भण्डारी सहितका १० जनाले उच्चको आदेशविरुद्ध सर्वोच्चमा अपिल गरेका हुन् ।

यता निलम्बित सचिव पाण्डेले भने सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *