छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँ । भक्तपुर, चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२–०२५ प १४०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुर खरिपाटी बस्ने ४० वर्षीय रामराज राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, बेलौरी नगरपालिका–५ मैनाहस्थित सडकमा कलुवापुरबाट बेलौरीतर्फ जाँदै गरेको से.२ त २२५४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक लालझाडी गाउँपालिका–६ चान्देउ बस्ने ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० बसपार्क पिपलबोटस्थित सडकमा बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ५५ वर्षीय भिम बहादुर बिडारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापा, बिर्तामोड नगरपालिका–५ मुक्तिचोकमा चारपानेबाट काकडभिट्टातर्फ जाँदै गरेको प्र.१–०१–००२ च १९० नम्बरको कारको ठक्करबाट मेचिनगर नगरपालिका–१२ बस्ने ११ वर्षीय सन्तोष रोकाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका–८ पिपिरीस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ जाँदै सु.प.प्र.०२००१ख१२९१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका–८ पिपिरी बस्ने २८ वर्षीया लालसरी बुढाको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका–७ बन्दास्थित सडकमा सूर्यपुरादेखि गुठीप्रसौनतर्फ जाँदै गरेको युपि ५६ एई ३१३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सरावल गाउँपालिका–७ भुजहवा बस्ने ३१ वर्षीय उमेश सहनीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *