काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रो धनकुटामा पल्टियो

काठमाडौं । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका-९ स्थित मूलघाट-रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको हो ।

माइक्रोबस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको छ ।

उनीहरूको अवस्था मध्यम छ । अन्यको उपचार धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *