दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

रुपन्देहीको बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेशलाई अदालतले रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा.दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सहकारी ठगी प्रकरणमा पुन गत चैत २ गते ललितपुरको झम्सिखेलबाट पक्राउ परेका थिए । त्यस्तै अदालतले दीपेशसँगै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सहकारी प्रकरणमा जोडिएका नवीन अछामीसँग १० लाख, लीला चापागाईँसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी माग गर्दै रिहा गर्न अदालतले आदेश दिएको हो ।

अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *