राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । दाेलखा भीमेश्वर नगपालिका-१ का १८ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र १९ दीपेन्द्र थामीकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरञ्जन भट्टराईका अनुसार ७ जना मध्यम घाइते भएका छन् भने ४५ जना सामान्य घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बाेकेकाे बस शुक्रबार बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएकाे हाे । बसमा ५५ जना सवार थिए । पिस्करतर्फ जाँदै गरेकाे बा ४ ख ५६१६ नम्बरको बस धारावतीमा दुर्घटना भएकाे हाे ।

भिमेश्वर-१ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको घाइते एन्जिला थामीले बताइन् । उनकाअनुसार सडक नै भासिएर दुर्घटना भएको हो । बस त्रिपुरासुन्दरी-५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *