जलाधार व्यवस्थापन अधिकृत घुससहित पक्राउ

कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

सोबारे उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ बाट बुधबार नियन्त्रणमा लिएको हो ।

उनीबारे थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *