रामनवमीको र्‍यालीमा अवरोध, विराटनगर तनावग्रस्त

काठमाडौँ । राम नवमीको अवसरमा निकालिएका र्‍यालीलाई एक समूहले अवरोध गरेपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

बुधबार दिउँसो एक समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेपछि विवाद बढेको थियो । केहिसमयपछि उक्त विवादले रानी क्षेत्रमा तनावको सृजना गर्याे ।

मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको उनले बताए ।

अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेपछि अहिले अवस्था सामान्य हुँदै गएको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *