दयाहाङ राई र मिरुना मगरको चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र मनसराको ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको अभिनय छ ।

उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको छ ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *