इलाममा एमाले-माओवादीको संयुक्त चुनावी सभा, सम्बोधन गर्दै ओली

इलाम । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले इलाम-२ मा सयुक्त चुनावी सभा गर्ने भएका छन् । देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोशी प्रदेश इञ्चार्ज रघुवीर महासेठलगायत केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

एमालेले उठाएका सुहाङ नेम्वाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलले समर्थन गरेका छन् । सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसेकेका छन् । आगामी १५ वैशाखमा इलाम २ मा उपनिर्वाचन हुँदैछ । इलाम-२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *