सरकारलाई अर्थविद्हरुकोे सुझाव- ‘संघीय प्रणालीका आधारमा बजेट ल्याउनुपर्छ’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरूले सुझाव दिएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरूले सरकारलाई यस्तो सुझाव दिएका हुन । उनीहरुले मुलुक संघीय प्रणालीमा छ भन्ने आधारबाट बजेट ल्याउन जरुरी रहेको बताए ।

अर्थविद्हरूले केन्द्रियतालाई मात्रै प्राथमिकता दिएर सरकारले बजेट ल्याउने गरेको आरोप लगाए । उनीहरुले सरकारले योजना आयोगले बनाएर दिएको योजनाका आधारमा प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्नेगरी आउन नहुने बताए । अर्थविद्हरूले आगामी आर्थिक वर्षको बजेट वातावरण संरक्षण,जलवायु परिवर्तन र राजश्व वृद्धिलाई प्राथमिकता दिन सुझाव दिए ।

उनीहरुले राजश्व सङ्कलनको सम्भावनाका क्षेत्र पहिचान गर्न नसके आगामी पाँच वर्षमा राजश्व शुन्यउन्मुख हुने दाबी गरे । समिति बैठकमा बोल्दै अर्थविद् डा। अच्युत वाग्लेले सरकारले मुलुक संघीय प्रणालीमा छौं भन्ने आधारमा बजेट बनाउन सुझाव दिए । उनले योजना आयोगले बनाएका योजना दिएर प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्न नसक्ने बताए ।

सरकारले बनाउने घोषणापत्र, आवधिक योजना, सिद्धान्त तथा प्राथमिकता, बजेट र नीतिहरूको तादात्म वा एकले अर्कोलाई परिपूरण गर्ने काम नभएको दाबी गरे । उनले पूर्वाधार विकास,सामाजिक विकास, आर्थिक विकास, वातावरण संरक्षण र जलवायु परिवर्तनको सम्बोधन एक अर्काका विरोधाभास पूर्ण अवधारणाहरू जस्तो देखिएको बताए ।

डा। वाग्लेले आर्थिक वृद्धि र विकास भर्सेस वातावरण संरक्षण र जलवायु परिवर्तनको पहिलो सैद्धान्तिक अवधारणा वा राष्ट्रिय नीति बजेट भन्दा फराकिलो ढङ्गले आउनुपर्नेमा जोड दिए । उनले मुलुक राजश्व सङ्कलनको ठूलो जोखिममा परिसकेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षमा राजश्व संकलन भन्दा २ अर्ब बढी खर्च भएको बताए । उनले मुलुकको अहिलेको अर्थतन्त्रको संरचना अनुसार वातावरणमैत्री बनाउने नीति लिए पाँच वर्षमा राजश्व शुन्यउन्मुख हुने दाबी गरे ।

उनले भन्सार राजश्वको स्रोत सवारी साधन, पेट्रोलियम पदार्थ र सवारी साधनको पार्टपूर्जा मात्रै भएको बताए । उनले मुलुक ग्रिन अर्थतन्त्रमा जाने हो भने विद्युत्ले चल्ने सवारीसाधन आयात गर्न दिनुपर्ने र विद्युतीय सवारी साधन आयात भएपछि पेट्रोलियम पदार्थ आयात पनि घट्ने बताए । उनले आयात गरेरपछि मात्रै राजश्व बढ्ने राजश्व संरचनाले मुलुक ठूलो राजश्वको संकटमा पर्ने देखिएको बताए ।

समिति बैठकमा बोल्दै प्रा. डा. गोविन्द नेपालले खुला सिमानामा हुने चुहावट सरकारले रोक्नसके मात्रै राजश्व संकलनमा सुधार हुने बताए । उनले सिमा क्षेत्रमा हुने राजश्व चुहावट रोक्नको लागि राज्य निर्मम हुन जरुरी रहेको बताए । सरकारले बजेट मार्फत भ्याट (कर)छुट दिने कुराहरू गर्न नहुने बताए । उनले करमा छुट दिँदा राज्यले ठूलो रकम बाहिरिएको बताए ।

उनले कर छुट दिँदा राज्यलाई हुने फाइदाका विषयमा ध्यान दिन सुझाव दिए । उनले कर छुट दिँदा नेपालको उत्पादन र निर्यातलाई कति योगदान गरेको छ भनेर विश्लेषण गर्न आवश्यक रहेको बताए । सरकारले कर छुट, प्रोत्साहन केमा दिँदा अर्थतन्त्रमा बढी फाइदा हुन्छ रु भन्ने विषयमा ध्यान दिनुपर्ने नेपालले उल्लेख गरे । उनले बजेट मितव्ययिता कायम गर्न जरुरी रहेको बताए । उनले सार्वजनिक वित्त सन्तुलन गर्न सार्वजनिक खर्च पुनरावलोकनको सुझावहरूलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

अर्थविद् नेपालले राजश्व संकलन गर्न सक्ने सम्भावना भएका क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताए । उनले सरकारलाई ऋणको दायित्व तिर्न समस्या भएको बताए । उनले सरकारको सार्वजनिक ऋणको दायित्व बढ्दै जाँदा बजेटको आकार बढ्दै जाने देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *