मधेश प्रदेश सरकारबाट बाहिरियो लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकार छाडेको छ ।

पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिंदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको हो । योसँगै लोसपाबाट सरकारमा सहभागी वन तथा वातावरणमन्त्री रमेश पटेलले पदबाट राजीनामा दिएका छन् ।

सरकारको कामकारबाही राम्रो नभएकाले आफूहरू मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने पक्षमा खडा भएको र सरकारबाट समेत फिर्ता आउने निर्णय गरिएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

उनले आज सदनमा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *