सलमान खानको घरमा गोली हान्ने दुवै व्यक्ति पक्राउ

काठमाडौँ । मुम्बईस्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाउने दुवै आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर गुजरातको भुजबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले विक्की गुप्ता र सागर पाललाई पक्राउ गरेका हुन् ।

आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको घर अगाडि गोली चलाइएको थियो । दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *