ट्यांकरले हान्दा २९ वर्षीय प्रहरी जवानको मृत्यु

काठमाडौं । तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ट्यांकरले ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा परवानीपुरस्थित एलएस न्युरो हस्पिटलमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चारनजिक पछाडिबाट ठक्कर दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *