हामीलाई मुख्यमन्त्री दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्रीको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सकारात्मक छलफल भएको बताएका छन् । आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको छलफल सकारात्मक भएको उनको भनाई छ ।

भेटमा मुख्यमन्त्रीको दाबीमा देखिएको समस्या मिलाउने विषयमा छलफल भएको हो । ‘सुदूरपश्चिम प्रदेशमा धेरै ठूलो समस्या छैन । यसैका कारण गठबन्धनमा समस्या सिर्जना पनि हुँदैन,’ सम्मानित नेता खनालले भने, ‘त्यहाँ एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिनेबित्तिकै सबैकुरा मिल्छ । मैले यही कुरा प्रधानमन्त्रीलाई भनेँ ।’

यसमा प्रधानमन्त्री सकारात्मक रहेको खनालले प्रतिक्रिया दिए । आजको भेटमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रहेको खनालले बताए । तीनैजना बीच एक खालको समझदारी बनेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *