डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् ।

नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो ।

एआईजी सन्दीप भण्डारी वैशाख ५ र एआईजी मिरा चौधरी थारु वैशाख ७ मा अवकाशमा जाँदैछन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *