निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान

काठमाडौं । वैवाहिक जबरजस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले कारागार कार्यालय डिल्लीबजारमा चलान गरेको हो ।

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर हुने ठहर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरिदिएको थियो ।

गिरीको पत्नीले आफूमाथि बलात्कार भएको उल्लेख गर्दै जाहेरी दिएपछि प्रहरीले निलम्बित न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *