इरान-इजरायल तनाव : सिरियामा विस्फोटको आवाज सुनियो

एजेन्सी । इरान र इजरायलबीच तनाव बढ्दै गएपछि आईतवार सिरियाका धेरै शहरहरूमा बिस्फोटको आवाज सुनिएको छ । राजधानी र देशका अन्य ठाउँहरूमा सिरियाली वायु सुरक्षाले इजरायली क्षेप्यास्त्रहरूलाई रोक्न खोजेको परिणामको रूपमा बिष्फोटक आवाज सुनिएको हो ।

धेरै सिरियाली शहरहरूमा धेरै बिस्फोटहरू सुनिएका थिए । आक्रमणमा कुनै हताहत नभएको बताइएको छ । कुनै पनि इजरायली क्षेप्यास्त्रले सिरियाली साइटहरूलाई निशाना बनाएको छैन । यो इरान र इजरायल बीच जारी तनावको एक भाग हो । सिरियाको राजधानी दमास्कस, होम्स, हामा, दारा र तटीय क्षेत्रहरूमा बिस्फोटको आवाज सुनिएको बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *