सलमान खानको निवासबाहिर हवाई फायरिङ गर्नेको तस्वीर सार्वजनिक

मुम्बई । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ । एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ ।

salman firingगोली चलाउनेहरुको तस्वीर पनि प्रहरीले सार्बजनिक गरेको छ । मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन् । प्रहरीले आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।

दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ । जसमा सलमानमाथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । यद्यपि यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन् । थप जानकारी प्रहरीले अझै दिएको छैन् । यति मात्रै भनेको छ कि सो घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *