भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरको पाँच दिने नेपाल भ्रमण

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले नेपालको पाँच दिने भ्रमणमा विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न औपचारिक भेटवार्ता गरेका छन्।

नेपालको औपचारिक भ्रमणका लागि नायर गत चैत्र २६ गते काठमाडौँ आइपुगेका हुन्।

आफ्नो पाँच दिने भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेका थिए।

उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित र्‍यालीलाई सम्बोधन गरेका थिए।

उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरेका थिए।

भ्रमणका दौरान नायरले काठमाडौँस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरे।

त्यस्तै नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग पनि उनले शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *