देउवाले फेरि बोलाए कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *