एसीसी प्रिमियर कप

नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ ।

शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनायो ।

नेपालका लागि गुल्सन झा, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए ।

राजवंशीले पहिलो विकेट लिएका थिए । कतारका ओपनर सकलेन अर्शदलाई उनले विवेक यादवको हातबाट क्याचआउट गरे ।

त्यस्तै, नेपालका ऐरीले दोस्रो विकेट लिए । उनले कतारका मोहम्मह अन्नाफलाई आउट गरे । भने, गुल्सनले मोहम्मह इर्शदको विकेट लिँदै तेस्रो सफलता दिलाएका थिए ।

कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडेका थिए ।

Photo by: Pankaj Nangia

यसअघि, टस जितेर पहिला ब्याटिङ हरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

ओपनर आशिफले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरेका थिए ।

यस्तै, नेपालका दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६४ रन बनाए । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

कुशल मल्ल ३५, रोहितकुमार पौडेल १८, कुशल भुर्तेल १२, सन्दीप जोरा ७ र गुलशनकुमार झाले ५ रन बनाएका थिए ।

साथै, कतारका हिमांशु राठोड र मुसावर शाहले ३र३ विकेट लिए । अमिर फारुकको नाममा १ विकेट रह्यो ।

एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिवार कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले शुक्रवार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो ।

Photo by: Pankaj Nangia
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *