एसीसी प्रिमियर कप

नेपालले कतारलाई दियो २११ रनको विशाल लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ हरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो ।

ओपनर आशिफले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलको सामना गर्दै ६ चौका प्रहार गरेका थिए ।

यस्तै, नेपालका दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै अविजित ६४ रन बनाए । उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

कुशल मल्ल ३५, रोहितकुमार पौडेल १८, कुशल भुर्तेल १२, सन्दीप जोरा ७ र गुलशनकुमार झाले ५ रन बनाएका थिए ।

Photo by: Pankaj Nangia

साथै, कतारका हिमांशु राठोड र मुसावर शाहले ३र३ विकेट लिए । अमिर फारुकको नाममा १ विकेट रह्यो ।

एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिवार कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले शुक्रवार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो ।

Photo by: Pankaj Nangia
Photo by: Pankaj Nangia
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *