कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ : ओली
२०८० चैत ३० गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा अलावा सङ्घीय संसद्को अधिवेशनलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए ।
सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने ‘कांग्रेसले चल्न नदिएर हो ।’
२०८० चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








