राजनीतिक नेतृत्व गलत कुराको अनुयायी बन्नु हुँदैन : महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सुर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उनले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए ।

उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने बताए । उनले विश्वका धेरै देशहरूले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उनले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिबद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =