पहिलो महिला अन्तरिक्ष यात्री ‘बेलारुसको नायक’को उपाधिबाट सम्मानित

एजेन्सी । बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीबार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गरेका छन् ।

देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस-२५ अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा उडान गरेकी थिइन् । अप्रिल ६ मा सफलतापूर्वक फर्किनुभएको थिया । लुकासेन्कोले समारोहमा आइएसएसमा भासिलिभस्कायाको उडानले बेलारुसको अन्तरिक्ष कार्यक्रमहरूमा सहभागिताको लागि नयाँ कोसेढुङ्गा भएको बतए ।

बेलारुसको नायकको उपाधि बेलारुसको सर्वोच्च सम्मान हो । जुन देश र समाजमा उत्कृष्ट योगदान र राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र समृद्धिको नाममा उत्कृष्ट सेवाहरूको कदरस्वरूप प्रदान गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *