मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी मनाए इदुल फित्र (भिडिओ)

काठमाडौं । मुस्लिम समुदायले एकअर्कामा शुभकामना आदानप्रदान गरी आज इदुल फित्र (ईद) मनाएका छन् ।

ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित मस्मिरी मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साट्नेहरुको भीड रहेको छ ।

एकअर्कालाई अंकमाल गरेर ‘ईद मुबारक’ भन्दै महिला तथा पुरुषहरुले शुभकामना दिएका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्वी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्दछन् ।

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईदको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =