‘मनकामना प्रा.ली’ पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित

काठमाडौँ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक वर्ष २०७८।२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा।ली सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा।ली की सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *