एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ

नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। कावासोतीमा सम्पन्न  एमाले नवलपुरको नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटालाई सर्वसम्मत चयन गरिएको एमाले नवलपुर जिल्ला इञ्चार्ज मना केसी जिसीले जानकारी दिए ।

अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ ।

सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा कूल सात सय ५१ प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =