शेखर कोइरालाको प्रस्ताव– कांग्रेस र एमाले मिलौँ, संविधान संशोधन गरौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताएका छन् ।

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३ औं सङ्घीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा भइरहेको राजनीतिक अस्थिरतको प्रमुख कारक संविधान रहेको बताए ।

नेता कोइरालाले संविधान संशोधन नगरेसम्म देशले निकास नपाउने बताए । संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाको भनाई छ ।

कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? विकास कहिले गर्ने ? कोइरालाले प्रश्न गरे ।

‘संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे पनि संविधान बनाउन सकेनन् र जब दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो उनले भने,‘परिवर्तन काँग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्‍यो । त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।’

कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पुर्णरुपले प्रतिबद्ध रहेको पनि बताए । कांग्रेसले नै देश बनाउन सक्छ भन्ने सन्देश गाउँमा पुर्‍याउन कोइरालाले शिक्षकहरूसँग आग्रह समेत गरे ।

कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाब बिर्सेर सङ्गठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 1 =