संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : सचेतक थिङ

काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली काँग्रेसले एक महिना अघिदेखि संसदीय छानबिन समिति गठनको माग गरेपनि सरकारले बेवास्ता गरेको बताइन् । उनले आफूहरूको कुरा सुनुवाइ नभएका कारण संसद अवरुद्ध गर्न बाध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताइन् ।

उनले संसदीय छानबिन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्नु काँग्रेसको गल्ती भयो रु भनी प्रश्न समेत गरिन् ।

उनले भनिन् – ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु काँग्रेसको गल्ती भयो त ?’

उनले नेपाली काँग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पती छानबिनका लागि संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद सुचारु भएपछि जहिले छलफल गरेपनि हुने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =