गृहमन्त्रीमाथि होइन, काँग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाऔँ : एमाले

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडी नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानविन भएन भनेर प्रश्न गरे ।

उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै काँग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए ।

‘यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बद्नियत राखेर दोषिका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन ? प्रक्रिया अगाडी बढाउन चाहेन ? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ उनले भने,‘सरकारबाट बाहिर आउनेबित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरु ठगिएका रहेछन् भनेर देख्ने ? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने ।’

उनले काँग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए । सरकारमा हुँदा जनताहरु सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताए ।

उनले काँग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद अवरुद्ध गरेको बताए ।

‘संसद प्रक्रिया विधि स्थापित मान्यताबाट चल्छ’ उनले भने,‘स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसदका महत्वपूर्ण बिजनेसहरु, महत्वपूर्ण कामहरुलाई अवरोध गर्नेगरी जे कामहरु गरिराख्नुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =