कांग्रेस र राप्रपाले संसद चल्न दिएनन्, बैठक स्थगित
२०८० चैत २८ गते

काठमाडौं । प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राप्रपाको अवरोधका कारण आजको संसद बैठक चल्न सकेन ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।
यता, राप्रपाले भने आफ्नो प्रदर्शनमा गृहमन्त्रीको निर्देशनबाट दमन भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।
२०८० चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








